काठमाडौं। नेपाली चलचित्रको इतिहासमा निरन्तर अभिनय गर्दैआएका अग्रज अभिनेता पवन जोशीको अभिनय यात्रा यो बर्षवाट पचास बर्ष पुगेको छ। पचास बर्षदेखि निरन्तर अभिनय गर्दै नेपाली चलचित्रकर्मको अभिनय यात्रामा गहिरो योगदान दिने कार्य अभिनेता जोशीवाट भएको हो।

लामो समयको अभिनय यात्रासंगै फोटोग्राफी, चलचित्र लेखन, गीत लेखनसंगै हिजोआज म्युजिक भिडियो निर्देशन गर्नमा अभिनेता जोशीको ठूलो योगदान रहेको छ। दर्जनौ नेपाली चलचित्रको निर्देशनको अलावा नेपालभाषाको सर्वोत्कृष्ट चलचित्र बाँला मयजु, बसन्त ऋतु जस्ता चलचित्र दिन सफल निर्देशक समेत रहेका अभिनेताले मन छुने एक सय गीत लेखिसकेका छन्।

ती मध्ये ६२ गीतको रेकर्ड भैसकेको छ। ती गीतका कतिपय भिडियो पनि निर्माण भैसकेको छ। ५१ वटा भन्दा म्युजिक भिडियो निर्देशन गरेर धेरैलाई चलचित्र तथा भिडियोवाट डेब्यु गराउन सफल निर्देशक जोशीको योगदान बहुमूल्य नै बनेको छ। यस योगदानलाई कतिपयले अवमूल्यन गर्न खोज्दा यदाकदा आफ्नो मन दुख्ने गरेको वताउने महान अभिनेता जोशी अभिनयको पचास बर्षमा फर्केर मूल्याँकन गर्न पछि पर्दैनन्।

पचास बर्षअगाडि डबली युगिन अभिनय गर्दा एक नाटकमा अभिनय गर्दा ३ हजार ६ सय पारिश्रमिक पाउने गरेको त्यो इतिहास अभिनेता जोशीसंग छ। पचास बर्षपछि त्यो रेटमा खासै बृद्धि नभएको र कतिपयले फोकटमा अभिनय गराउन खोज्ने परम्परा अझै रहेको अभिनेता जोशीको तितो अनुभव छ। समय जतिसुकै बदलिएपनि कलाकारको कलाकारिताको मूल्य नबढे्कोमा अभिनेता जोशी दुःखी पनि छन्।

प्रकाशन मिति–२०७७ साल कात्तिक ५ गते बुधवार ।