काठमाडौं। नेपाली चलचित्रकी अग्रज अभिनेत्री सुभद्रा अधिकारीको दुःखद निधन भएको छ। अभिनेत्री अधिकारीको ७२ बर्षको उमेरमा शनिवार आफ्नै निवास काठमाडौं महानगरपालिाका वडा नंबर १५ स्थित डल्लुमा निधन भएको हो।

अभिनेत्री अधिकारी केही समयदेखि निमोनिया तथा दम रोगबाट पीडित थिइन् । अभिनेत्री अधिकारीको शनिवार नै पशुपति आर्यघाटस्थित विद्युतिय शव गृहमा दाहासस्कार गरिएको छ।

अभिनेत्री अधिकारीले सयौं चलचित्रमा सफल तथा स्वभाविक अभिनय गरेकी छन्। चलचित्र ‘भाउजु’मा लिडिङ रोल गरेर सवैकी भाउजु बनेकी थिइन्। त्यसको अलावा मनको बाँध, बासुदेव, चिनो, कन्यादान, कस्तुरी, सपना, स्वर्ग, कर्जा, मायाप्रीति, बेहुली, पिरती, कर्जा, मसान, मुनामदन, मसान, बाटोमुनीको फूल, काठमाण्डु लगायतका सयौं चलचित्रमा अभिनेत्री अधिकारीले स्वभाविक अभिनय गरेकी थिइन्।


प्रकाशन मिति–२०७६ साल साउन ३२ गते शनिवार ।