काठमाडौं। नेपालमा नेपाली चलचित्रको खासै मार्केटिङ हुन सकिरहेको अवस्था छैन्। विगतका तुलनामा बर्तमान अवस्थामा नेपाली चलचित्रको स्थिति नाजुक रहेको छ।

यस्तो अवस्थामा नेपाली चलचित्रको बागडोर सम्हालेर मार्केटिङ गर्नका लागि दमदार रुपमा अग्रज चलचित्रकर्मी सरोज शर्माका साथमा तिरुपति फिल्मस मार्फत सुनिता भट्टराई पनि होम्मिएकी छन्। नेपाली चलचित्रको नाजुक अवस्थालाई सुदृढ पार्ने लक्ष्य तथा उदेश्य अनुरुप अग्रज चलचित्रकर्मी सरोज शर्मालाई नेपाली चलचित्रलाई अत्यन्त प्यार गर्ने सुनिता भट्टराईले साथ दिएकी हुन्।

पहिला फिल्म लबर भएतापनि हाल आएर फिल्मको मार्केटिङ अर्थात फिल्म डिस्ट्रीव्युसन मार्फत खुलेर फिल्मको बिजनेसमा आएको खुलासा सुनिता भट्टराईले भिजन संसार डटकमलाई भनेकी छन्। एक्लै तिरुपति फिल्मसको व्यानरवाट नेपाली फिल्मको डिस्ट्रीव्युसनमा लाग्दैआएकोमा सुनिता भट्टराई भाउजुको साथ र सहयोगले यस क्षेत्रमा अझ अगाडि बढ्न सहज र सरल भएको जिकिर सरोज शर्माले गरेका छन्।

तीन दशक लामो नेपाली चलचित्र क्षेत्रको निरन्तरतामा फिल्म डिस्ट्रीव्युसनमा यो बर्ष आक्रामक ढंगवाट देखा परेका सरोज शर्मा र सुनिता भट्टराई तिरुपति फिल्मसले माघ महिनामा सफतापूर्वक चलचित्र बैना रिलिज गरिसकेको छ।

यही फागुन २४ गते चलचित्र अदालत, चैत्र १ गते एैलान, चैत्र १५ गते रेस रिलिज गर्ने दौडानमा रहेका छन्।

त्यसैगरेर, नयाँ बर्ष २०७६ सालको बैशाखमा मुर्चुङगा, मेरो आफ्नो, माइला, बास्तु, सुप्रियर फिल्म प्रोडक्सन नंंबर ३ र उदय सुव्वा निर्देशित चलचित्र आरुषी रहेको छ।

प्रकाशन मिति–२०७५ साल फागुन ५ गते आइतवार ।