काठमाडौं। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नेपालका अग्रज पत्रकार राजेन्द्र स्थापितलाई सम्मान तथा पुरस्कृत गरेको छ। विगत चार दशकदेखि नेपाली पत्रकारितामा निरन्तर योगदान दिदैआएको कदर स्वरुप अग्रज पत्रकार स्थापितलाई पुरस्कृत गरेको हो।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले शाखाको पूर्वसभापति अशोक श्रेष्ठको नाममा स्थापित अशोक श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारवाट अग्रज पत्रकार स्थापितलाई पुरस्कृत गरेको जनाएको छ।

शाखाले स्थापितको अलावा शम्भु श्रेष्ठ, बलराम थापा, देवेन्द्र चुडाल, निर्मला शर्मा, विश्वराज किराँत, इन्द्र रिजाल, निरोधराज पाण्डे, ज्ञान उदास, ईश्वरीप्रसाद वाग्ले, मानध्वज लामा, टिबी विरही, गोपाल बुढाथोकी र दामोदर दवाडीलाई पनि विभिन्न पुरस्कारव्दारा सम्मान गरिएको शाखाका अध्यक्ष शन्तराम बिडारीव्दारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सवै अग्रज पत्रकारहरुलाई जनही नगद २० हजार पुरस्कार तथा सम्मान–पत्र शाखाको २२ औं साधारण सभाको दिन माघ २४ गते शनिवार प्रज्ञाभवनमा प्रदान गरिने भएको छ।


प्रकाशन मिति–२०७७ साल माघ २३ गते शुक्रवार ।