ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ५ मा तीन महिने निःशुल्क व्युटीसियन तालिम शुभारम्भ भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ को अनुदान सहयोगमा स्थानीय दक्षिणकाली महिला समूहले तीन महिने व्युटीसियन तालिम शुभारम्भ गरेको हो।

सीप सिकौं स्वरोजगार बनौं भन्ने मूल अवधारणा तथा उदेश्यनुरुप तीन महिने व्युटीसियन तालिम संचालन भएको तालिमको उदघाटन गर्दै वडा सरकार प्रमुख वडा नंबर ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले वताएका छन्। लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष श्रेष्ठले आफूहरुले चुनावको बेला स्थानीय महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर वनाउने स्वरोजगारमुखी सीप प्रदान गर्ने प्रतिवद्धता अनुरुप कार्यक्रम ल्याएको भनेका छन्।

भनेको कुरा गरेर देखाउने प्रतिवद्धता अनुरुप चुनावको बेला गरेका सवै प्रतिवद्धता पूरा गर्न आफू कटिबद्ध भएर लाग्दै आएको जानकारी पनि वडा सरकार प्रमुख श्रेष्ठले भनेका छन्। वडा सदस्य शोभादेवी प्रधान श्रेष्ठको कार्यक्रम संयोजनमा भएको तीन महिने व्युटीसियन तालिमको शुभारम्भ कार्यक्रममा आयोजक दक्षिणकाली महिला समूहकी सचिव अमृता गैरेले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

कार्यक्रमको सभापतित्व दक्षिणकाली महिला समूहकी अध्यक्ष जया केसीवाट भएको थियो भने, कार्यक्रम संचालन समूहकै कोषाध्यक्ष सुनिता श्रेष्ठले गरेकी थिइन्। कार्यक्रममा वडा सदस्यहरु अशोक कुमार श्रेष्ठ, पूनम निरौला, मन्जु रिजाल, मानवअधिकारकर्मी नारायण लिंखा देवान लगायतको विशेष आतिथ्यता रहेको थियो। तालिम कार्यक्रममा १२ जना महिला दिदीबहिनीहरुको सहभागिता रहेको छ।

प्रकाशन मिति–२०७७ साल माघ २५ गते आइतवार ।