लण्डन। बेलायतका लागि नेपाली राजदूत डाक्टर दुर्गा वहादुर सुवेदी नेपाल फर्केका छन्। चार बर्षे कार्यकाल सफलतापूर्वक संपन्न गरेर राजदूत डाक्टर सुवेदी नेपाल फर्केका हुन्।

डाक्टर सुवेदीको चारवर्षे कार्यकाल सेप्टेम्बरमै पूरा भए पनि कोरोना महामारी र राजदुताबास प्रमुखविहीन नबनाउने नेपाल सरकारको नीतिका कारण नेपाल फर्कन ढिलाइ भएको थियो । कोभिड महामारीका कारण डाक्टर सुवेदीको बेलायत बसाइ केहि समय लम्बियोको र उनको ठाउँमा आउने नयाँ राजदूत नियुक्तिको प्रक्रियाले समय लिएको हो ।

बेलायतका लागि नयाँ राजदुतका रुपमा लोकदर्शन रेग्मी नियुक्त भइसकेका छन् र फागुनको दोस्रो साताभित्र बेलायत आइपुग्ने बताइएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले यही माघ ५ गते रेग्मीलाई राजदूतमा नियुक्त गरेकी थिइन् ।

सन् २०१६ को सेप्टेम्बर महिनामा बेलायतका लागि बीसौँ नेपाली राजदुतका रुपमा लन्डन दूतावास आएका डाक्टर सुवेदीले यस अवधिमा धेरै उल्लेख्य काम गरेका छन् । बेलायतमा राजदूतको रुपमा चार बर्षसम्म डाक्टर सुवेदीले गरेको कामलाई नेपाली समूदायले व्यापक प्रशंसा गरेका छन् ।


प्रकाशन मिति–२०७७ साल माघ २५ गते आइतवार ।