काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनाल उपचारका क्रममा भारत पुगेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनाल उपचारका लागि शुक्रबार बिहान भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन।

नियमित स्वास्थ्य परीक्षणका लागि नेता खनाल भारतको दिल्ली स्थित अपोलो अस्पताल आइपुगेको भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले ट्वीट मार्फत जानकारी दिएका छन्। वरिष्ठ नेता खनालको दिल्लीको अपोलो अस्पतालमा उपचार भैरहेको जानकारी पनि राजदूत आचार्यले दिएका छन् ।

चार दिन दिल्लीमा रहने नेता खनालले कुनै राजनीतिक भेटघाट गर्ने सम्भावना नरहेको समाचार स्रोतको भनाई रहेको छ। नेपालमा राजनीतिक संकट गुज्रिरहेका बेला वरिष्ठ नेता खनाल उपचारका नाममा पत्नी सहित दिल्ली जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशन मिति–२०७७ साल माघ ३० गते शुक्रवार ।