ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठ जीवन संगीनी मञ्जु श्रेष्ठसंग तामाङ पहिरनमा देखिएका छन्। वडा सरकार प्रमुख श्रेष्ठ जीवन संगीनीका साथमा तामाङ तथा शेर्पा समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा तामाङ पहिरनमा देखिएका हुन।

सवै जातजाति तथा धर्मलाई त्यतिकै सम्मान तथा आदर गर्ने वडा सरकार प्रमुख श्रेष्ठले तामाङ पहिरनमा सोनाम ल्होसार पर्वको अवसरमा तामाङ तथा शेर्पा समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुलाई शुभकामना व्यक्त गरेका छन्।

हरेक जातजातिका पहिरनमा सजिन मन पराउने वडा सरकार प्रमुख श्रेष्ठ अघिल्लो बर्ष इलाम पुग्दा त्यहाँको चियाबगानमा जीवन संगीनी मञ्जु श्रेष्ठसंग बसेर तामाङ पहिरनमा तस्बीर खिचेका थिए।

सोही तस्बीर आज शुक्रवार सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक गर्न पाउंदा अत्यन्त खुशी तथा गर्ब लागेको वडा सरकार प्रमुख श्रेष्ठले भिजन संसार डटकमलाई वताएका छन्।
प्रकाशन मिति–२०७७ साल माघ ३० गते शुक्रवार ।