काठमाडौं। फलामे गेटको रुपमा रहेको एसईई परीक्षा उतिर्ण बिद्यार्थीहरुलाई तथा राष्ट्रिय स्तरको सामाजिक क्षत्रमा योगदान पुर्‍याउने लब्ध प्रतिष्ठित ब्यक्तिहरुलाइ सम्मान गरिएको छ। सिन्धुपाल्चोक–भक्तपुर मिलन समाव्दारा आयोजित कार्यक्रममा शनिवार सम्मान गरिएको हो।

उद्योग,पर्यटन,बन तथा वातावरण मन्त्री अरुण नेपालले सम्मान प्रदान गरेको हो। ।सिन्धुपाल्चोकबाट कामको सिलसिलामा भक्तपुर आएर बसोबास गर्ने व्यक्ति तथा परिवारको एकता र सहयोग आदान प्रदान गर्ने उदेश्यले एक बर्ष अगाडि स्थापना भएको समाजको सम्मान कार्यक्रममा अपाङ्गता क्षेत्रमा राष्ट्रीय स्तरमा बिशिष्ठ योगदान गरेबापत अपाङ मानवअधिकारकर्मी भोजराज श्रेष्ठ सम्मानित बनेका छन्।

साथमा अन्तरराष्ट्रियस्तरबाट संवरण पदक बिजेता राजकुमार रसाइली लगायतलाइ सम्मान गरिएको थियो। राष्ट्रिय सभाका सांसद,प्रदेश ३ का सांसद सुरेश नेपाल,सांसद रिता माझी,संस्कृतविद डा.चेतमणी न्यौपाने,चागुनारायण नपाका मेयर,उपमेयर लगायतले कार्यक्रमको आवश्यकता र उपलव्धीका बारेमा मन्तव्य राखेका थिए।

प्रकाशन मिति–२०७५ साल भदौ २३ गते शनिवार ।