काठमाडौ। नेपालमा पनि खुला विश्वविद्यालयको अवधारणा अनुरुप खुल्ला विश्वविद्यालयको स्थापना भएको छ। ललितपुरको मानभवनमा नेपाल खुला विश्वविद्यालयको स्थापना भएको हो।

सन् २०१६ सालवाट यो विश्वविद्यालयको कार्य प्रारम्भ भएतापनि मूर्तरुप शुक्रवारबाट भएको तथ्याङ शास्त्री निर्मल बज्राचार्यले भिजन संसार डटकमलाई बताएका छन्। तथ्याङ शास्त्री बज्राचार्यका अनुसार, शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा एमबीए र एमएसी इन डेभलपमेन्ट म्यानेजमेन्ट र गर्बनेन्सी दुईवटा कार्यक्रमको लन्चिङ भएको हो।

यी दुई कार्यक्रमको लन्चिङ भएपछि नेपाल खुला विश्वविद्यालयले आफ्नो प्रारुप पाएको बताइएको छ। विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा डा देवराज अधिकारीले दुवै कार्यक्रमको शुभारम्भ गरेका थिए।

शुभारम्भ पश्चात मन्तव्य दिने क्रममा आयोगका सदस्य सचिव प्रा.डा.अधिकारीले नेपाल खुला विश्वविद्यालय नेपाल सरकारको पूर्ण लगानीमा खुलेको खुलासा गरेका छन्। नेपाल तथा नेपाल बाहिर विदेशमा रहेका नेपालीहरु आफू जहाँ बसेको स्थानमा बसेर पनि आफ्नो समयानुकुल पढन पाउने व्यवस्था गरिएको विश्वविद्यालयले जनाएको छ।

अनलाइन मार्फत पढाई गरिने र अनलाइन मार्फत असाइनमेन्ट दिने देखि परीक्षा समेत अनलाइनवाटै हुने भएकोले समय मिलाएर पढन चाहनेहरुको लागि अत्यन्त उपयुक्त विश्वविद्यालय नेपाल खुला विश्वविद्यालय भएको विश्वविद्यालय व्यवस्थापन टास्क फोर्सका सदस्य प्रा डा पुष्कर बज्राचार्यले भनेका छन्।उपकुलपति प्रा.डा.लेखनाथ शर्मा, रजिष्ट्रार कमल ढकाल,डीन प्रा.डा.सिलु मानन्धर बज्राचार्य लगायतले पनि मन्तव्य राखेका थिए। हाल यस विश्वविद्यालयमा सवै तहमा गरेर ६ सय विद्यार्थी अध्ययनरत छन्।

प्रकाशन मिति–२०७५ साल भदौ २२ गते शुक्रवार।