काठमाडौं। काठमाडौंको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको ए टु जेड अनलाइन बजारको नयाँ शाखा खुलेको छ। आज शुक्रवारबाट काठमाडौंको पुतली सडक स्थित स्टार मलमा नयाँ शाखा खुलेको हो।

नेपाल थालसमयिा सोसाइटीका अध्यक्ष समेत रहेका समाजसेवी दुर्गा पाठकले रिबन काट्ेर अनलाइन बजारको नयाँ शाखाको उदघाटन गरेपछि शुभारम्भ भएको हो। ए टु जेड अनलाइन बजारका अध्यक्ष विकास भण्डारीले उपभोक्ताहरुको चाहना बमोजिम न्यूरोड पछि पुतलीसडकमा शाखा विस्तार गरेका बताएका छन्।

आउट लेटबाट मोबाइल, ल्यापटप, टिभी तथा आधुनिक टेक्नोलोजीसँग रमाउने ग्राहकहरुका साथै घरायसी इेलेक्ट्रोनिक्स सामानहरु उक्त एकैथलोवाट उपलव्ध हुने भएकोले उपभोक्ताहरु अझ बढी लाभान्वित बन्ने छन्।

त्यसैगरेर, अनलाइन सपिङ गर्न चाहनेहरुका लागि पनि ठाउंका ठाउं सुविधा दिने पनि व्यवस्था गरिएको बताइएको छ।

प्रकाशन मिति–२०७५ साल भदौ २२ गते शुक्रवार।