काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाजको मनाङ जिल्ला शाखाको तदर्थ समिति विहीवार मनाङमा गठन भएको छ। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहेका रेकर्डेट रक्तदाता कर्माचार्यले मनाङको ङावलमा पुगेर उक्त तदर्थ समिति गठन गरेका हुन्।

स्थानिय स्वयंसेवी रक्तदाता मुखिया एन.लामाको संयोजकत्वमा जिल्ला तदर्थ समिति गठन भएको हो। जसमा कृष्ण लामा,सोनाम घले, टासी गुरूङ्ग,नुमनाथ उपाध्याय,बृषे घले, लोप्साङ्ग गुरूङ्ग,क्ष्युँदा गुरूङ्ग,ताता गुरूङ्ग,वाङ्गेल घले र भिम तामाङ सदस्यमा रहेका छन्।

काठमाडौंवाट लमजुङको बेसीशहरसम्म मोटरसाइकल तथा बेसीशहरवाट मनाङसम्म जिपवाट कठिन यात्रा गरेर मनाङ पुगेका रेकर्डेट रक्तदाता कर्माचार्यलाई त्यहाँको स्थानीय पोशाक बक्खु पहराई सम्मान समेत गरिएको थियो।

रक्तदान संवन्धी कुनै निकाय हालसम्म हिमालपारिको
जिल्ला मनाङमा नरहेको अवस्थामा यो तदर्थ समितिले अत्यन्त राम्रो सहयोग गर्ने अपेक्षा गरिएको छ।


प्रकाशन मिति–२०७५ साल भदौ २१ गते विहीवार ।