काठमाडौं। अनाथ बालबालिकाहरुको सहयोगी संस्था नयाँ नेपाल समाज केन्द्रलाई सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरेको छ। काठमाडौंको नयाँ बानेश्वर स्थित नयाँ नेपालको कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहयोगीहरुलाई सम्मान गरिएको हो।

नयाँ नेपाल समाज केन्द्रमा रहेका ७८ जना अनाथ बालबालिकालाई विभिन्न क्षेत्रवाट सहयोग गर्ने १ सयजना सहयोगीहरुलाई सम्मान गरिएको नयाँ नेपाल समाज केन्द्रले जनाएको छ। त्यसरी सम्मान प्राप्त गर्नेमा ललितपुर सिद्धिपुरकी समाज–सेवी राधा महर्जन समेत रहेकी छन्।

समाज–सेवी महर्जनलाई लामो समय देखि नयाँ नेपाल समाज केन्द्रलाई विविध क्षेत्रवाट सहयोग गरेबापत सम्मान गरिएको नयाँ नेपालका अध्यक्ष कृष्णराज गुरुङले बताएका छन्।

सम्मान प्राप्त गरेपछि भिजन संसार डटकमसंग कुराकानी गर्दै समाज–सेवी राधा महर्जनले आफ्नो जिन्दगीकै पहिलो सम्मान भएको गौरबता व्यक्त गरेकी छन्।

सम्मान पाउन भनेर आफूले समाज–सेवा नगरेको भन्दै महर्जनले सम्मान पाउंदा भने आफूले पनि सेवा गरेको रहेछु भन्ने आभास मिलेको गौरबताको अनुभव भने हुने बताएकी छन्।


प्रकाशन मिति–२०७५ साल भदौ २३ गते शनिवार ।