काठमाडौं। काठमाडौ उपत्यकाका चक्रपथ वरपर अनाधिकृत रुपमा गरिने लामो रुट तथा छोटा रुटका ठूला–ठूला बस लगायतका सवारी–साधनको पार्किङ समस्याको रुपमा देखिएको छ।

त्यसरी सवारी साधनको पार्किङले चक्रपथ वरपरका सडकमा धेरै नै सवारी साधनको दूर्घटनामा दिनानुदिन बृद्धि भएको ठहर स्थानियको रहेको छ। विशेषत काठमाडौंको कलंकीवाट सीतापाइलाचोक पुग्ने चक्रपथको वीचको बाफल रोडमा त्यसप्रकारले अनाधिकृत पार्किङले व्यापक नै समस्या उत्पन्न गरेपछि त्यसस्थान वरपर ट्राफिक प्रहरीले नो पार्किङको बोर्ड नै टांगेर पार्किङ निषेध गरेको छ।

ट्राफिक प्रहरी कार्यालय स्वयम्भुका ट्राफिक इन्चार्ज गुणनिधि खकुरेलको नेतृत्वको टोलीले नो पार्किङको बोर्ड राखेर पार्किङ निषेध गरेको हो। काठमाडौं महानगरपालिका वडा नंबर १३ चख्खु टोल (कोलनी) सुधार समितिको अगुवाईमा स्थानिय वासिन्दा र जनप्रतिनिधीहरुको रोहवरमा ट्राफिक प्रहरीले पार्किङ निषेध गरेपछि सडक दूर्घटना तथा लुटपाटमा धेरै कमी आउने अपेक्षा गरिएको छ।


फोटो–आशाकाजी महर्जन ।
प्रकाशन मिति–२०७५ साल भदौ २३ गते शनिवार ।