काठमाडौ। अफगानिस्तान सरकारले शनिवार गरेको हवाई आक्रमणमा आइएसका ४२ लडाकुको मृत्यु भएको छ।अन्तराष्ट्रिय सञ्चार माध्ययमका अनुसार अफगानिस्तानको पूर्वी नान्गहर राज्यमा ३२ तमिल स्टेट (आइएस) समूहसँग निकट ४२ जना विद्रोहीको मृत्यु भएको हो।

Afganistan Map

एक चालकविहीन विमानद्वारा गरिएको हवाइ आक्रमणमा यत्ति ठूलो संख्यामा आइएस विद्रोहीको मृत्यु भएको हो। आइएस निकट लडाकुले आश्रयस्थल बनाउँदै आएको कोच र अचिन जिल्लाका विभिन्न ठाउँमा हवाई आक्रमण गरिएको थियो।

आक्रमणमा ४२ विद्रोहीको ज्यान गएको र ३२ जना अन्य विद्रोही लडाकू घाइते भएका अफगानिस्तानको टोलो टेलिभिजन च्यानलले जनाएको छ । कोट र अचिन इलाकालाई आइएसले सुरक्षित आश्रयस्थलका रुपमा लामो समयदेखि प्रयोग गर्दै आएको समाचारमा जनाइएको छ । एजेन्सी
प्रकाशन मिति–२०७३ साल असार ११ गते शनिवार ।