M/S Poonam Chhetri Gautam : Nepalese Fashion Designer & Film Producer.
M/S Poonam Chhetri Gautam : Nepalese Fashion Designer & Film Producer.

काठमाडौ। नेपाली चलचित्र निर्मात्री तथा फेशन डिजाइनर पुनम छेत्री गौतम वर्ल्ड फेशन परेडले आयोजना गरेको “न्युयोर्क फेशन वीक सिजन ३” मार्फत अन्तराष्ट्रिय फेशन शोमा प्रस्तुत हुने भएकी छन्। ११ फेब्रुवरीमा अमेरिकाको न्यूयोर्कमा उक्त फेशन शो आयोजना हुन गैरहेको छ।

त्यसका लागि उनी केही दिनअघि मात्र अमेरिका पुगेकी छन्। फेशन शोमा उनले बिभिन्न जनजातीका पहिरनहरूलाई आधुनिक रुप दिई आफ्ना सृजनाहरु मार्फत नेपाली राष्ट्रियता झल्काउनुको अलावा हामी नेपाली एक हौ भन्ने एकताको सन्देश दिन खोजेको भनेकी छन्।

Poonam Chhetri 2

पुनमले नेपाली राष्ट्रियता तथा नेपाली संस्कृतिको पहिचानलाई आधुनिकरण गरेर बनाइएका पहिरनमा अन्तरराष्ट्रिय मोडलहरुले अमेरिकाको रैम्पमा नेपाली राष्ट्रियता झल्काउने भएका छन्। फेशन डिजाइनर पुनमले नेपाली चलचित्र अझैपनिको निर्माण गरिसकेकी छन्।

नेपाली चलचित्रवाट खासै उपलव्धी नभएयता उनी फेशन डिजाइनिङ्गतिर नै अत्यन्त व्यस्त बन्दै आएकी छन्। अन्तरराष्ट्रिय स्तरमा पुनमको यो छलाङ्ग नै हो।
प्रकाशन मिति–२०७३ साल माघ २७ गते विहीवार ।