US Nepali Fashion 1

काठमाडौ। नेपालका विभिन्न १४ जातजातिका परम्परागत पहिरनहरु पहिलो पटक अमेरिकाको अन्तर्राष्ट्रिय फेसन शोमा प्रदर्शन गरिएको छ।

शनिबार राति अमेरिकाको न्यूयोर्कमा सम्पन्न वल्र्ड फेसन परेडद्वारा आयोजित न्यूयोर्क फेसन विक–३ मा नेपालबाट गएकी फेसन डिजाइनर पूनम क्षेत्री गौतमले तयार पारेका ती विभिन्न पहिरनहरुमा त्यहाँ रहेका अन्तर्राष्ट्रिय मोडलहरुले क्याटवाक गरेका हुन्।

नेपाल सांस्कृतिक रुपले सुन्दर तथा धनी छ भन्ने सन्देशसहित डिजाइनर गौतमले तयार पारेका पहिरनहरु फेसन शोमा प्रस्तुत गरिएको हो। चलचित्र अझैपनि निर्माता समेत रहेकी फेसन शोमा डिजाइनर गौतमले तयार पारेका ब्राम्हण, क्षेत्री, शेर्पा, तामाङ, गुरुङ, थारु, राउटे, राजकीय, मगर, नेवार, मैथिली आदि जातिले लगाउने परम्परागत पहिरनहरु प्रदर्शन गरिएको थियो।

उक्त फेसन शोमा नेपाली डिजाइनर गौतमसहित विश्वका १५ जना डिजाइनरहरुले आफ्ना पहिरन प्रदर्शन गरेका थिए।

US Nepali Fashion 2प्रकाशन मिति–२०७३ साल फागुन १ गते आइतवार ।