मेरिल्याण्ड। विश्वकै बैभवशाली मुलुक अमेरिकाको मूलधारको राजनीतिमा नेपालीको प्रवेश हुनु र नेपालीकै जित हुनु सारा नेपालीकै गौरब हो। यो गौरबतालाई अमेरिकामा रहेका नेपाली मूलका नेपाली ह्यारी भण्डारीले राखेका छन्।

मेरिल्याण्ड राज्यमा भएको राज्यसभाको प्राथमिक निर्वाचनमा भण्डारीको जित भएको छ। मेरिल्याण्ड राज्यको जिल्ला ८ का लागि स्टेट डेलिगेटमा डेमोक्र्याट पार्टीका तर्फबाट प्राथमिक चुनावमा भण्डारी मंगलवार विजयी भएका हुन्। भण्डारी माथिल्लो तहको निर्वाचनमा विजयी हुने पहिलो नेपाली हुन्।

भण्डारीका प्रतिद्धन्द्धी अमेरिकन नागरिकलार्इ पछि पार्दै भण्डारी विजयी भएका हुन्। भण्डारी आगामी नोभेम्बरमा हुने निर्वाचनमा उम्मेद्धवार हुन पाउने छन्। डेमोक्र्याटहरुको बाहुल्यता भएको यस क्षेत्रबाट आगामी नोभेम्बरमा पनि आफू जित्नेमा भण्डारी ढुक्क छन्।

विजयीभएपछि भण्डारीले यो मेरो मात्र विजय नभएर समग्र नेपाली समुदायको विजय हो भनेका छन्। आगामी निर्वाचनमा सबैको सहयोग भए अमेरिकामा पहिलो निर्वाचित राज्यसभा सदस्यका रुपमा नेपालीको नाम लेखिनेछ भण्डारीले भने।
प्रकाशन मिति–२०७५ साल असार १३ गते बुधवार ।