????????????????????????????????????
एनआरएनका अध्यक्ष शेष घले पूर्वसभामुख सुवास नेम्वाङ्गलाई स्वागत गर्दै साथमा उपेन्द्र महतो ।

काठमाडौ। आइतवारवाट अमेरिकाको न्युजर्जीमा आयोजना भएको दुई दिने गैरआवासीय नेपाली संघको नवौं क्षेत्रिय सम्मेलन सम्पन भएको छ। सम्मेलनले गैरआवासीय नेपाली संघ दृष्टि २०२० र त्यसपछि शिर्षकको भिजन परिमार्जित गरेको छ। सम्मेलनको शनिवार नेपालको संविधानसभाका पूर्वसभामुख सुवास चन्द्र नेम्वाङ्गले उदघाटन गरेका थिए।

आइतवार बाक्ला कार्यक्रमहरुको म्याराथन इनिङ्गवीच सम्मेलन संपन भएको हो। सम्मेलनमा ३५ राष्ट्रका करिब ४ सय ५० जना गैरआवासीय नेपालीहरुले सहभागिता जनाएका थिए। ११ बुँदे न्युजर्जी घोषणापत्र पनि जारी गरेको छ। घाेषणापत्रमा मुलुकको समृद्विका राजनीतिक स्थिरता अपरिहार्य रहेको उल्लेख गर्दै त्यसतर्फ राजनीतिक दलहरुलाई संवेदनशील रहन आह्वान गरिएकाे छ ।

संविधान कार्यान्वयनका लागि आग्रह गर्दै नागरिकताका विषयमा गैरआवासीयको भावना र मर्मलाई समेट्न नेपाल सरकारलाई आग्रह गरेको छ। घोषणा पत्रमा भूकम्प प्रभावित क्षेत्रमा पीडितहरुका लागि गोरखाको लाप्राकमा निर्माण गरिने नमुना बस्तीका लागि जग्गाको लगायत सरकारी पक्षबाट प्राप्त गरिने कार्य पूरा गर्न माग गररिएको छ।

खुला विश्वविद्यालय ऐन पारित भएकोमा खुसी व्यक्त गर्दै सम्मेलनले नेपालको उद्योग व्यापारको विकाश विस्तारका लागि सम्बन्धित देशका दुतावासहरुसँग एनआरएनएको समन्वय गर्न पहल गरिने जनाइएको छ। वैदेशिक रोजगारीको सिलसिलामा आईपर्ने आपत विपतमा उद्वारका लागि संघले सरकारको ध्यानाकर्षण गराउँदैं त्यसका लागि संयन्त्र खडा गर्न आह्वान गरेको छ।

एनआरएनको संख्याको उल्लेखनिय वृद्विसँगै दुतावास स्थापनातर्फ सम्मेलनले सरकारको ध्यानार्कषण पनि गराएको छ। हरेक दुइ वर्षमा अायाेजना हुने क्षेत्रीय सम्मेलनकाे याे नवाै अायाेजना हाे। यसअघि पनि पहिलाे क्षेत्रीय सम्मेलन सन् २००५ काे जनवरी २० देखि २३ सम्म कतारकाे दाेहामा भएकाे थियाे।
प्रकाशन मिति–२०७३ साल भदौ १३ गते सोमवार ।