काठमाडौ। नेपालका उपराष्ट्रपति नन्द वहादुर पुनसंग परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा तालिमरत परराष्ट्र सेवाका शाखा अधिकृतहरुको टोलीले शिष्टाचार भेट गरेको छ।

????????????????????????????????????
उपराष्ट्रपति नन्द बहादुर पुनसंग परराष्ट्र सेवाका अधिकृतहरुको सामूहिक तस्वीर

प्रतिष्ठानद्वारा आयोजित उक्त शिष्टाचार भेटघाटको अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. पन्नाकाजी अमात्यले प्रतिष्ठानको संक्षिप्त परिचय सहित शाखा अधिकृतहरुको तालिममा समावेश बिषय वस्तुको वारेमा उपराष्ट्रपति पुनलाई जानकारी गराएका थिए।

शिष्टाचार भेटघाटको क्रममा उपराष्टžपतिले अन्तरराष्ट्रिय मामिला छिमेकी देशहरुसंगको सम्वन्ध दिगो वनाउन शुभकामना दिएका थिए । प्रतिष्ठानका उपकार्यकारी निर्देशक हेमराज कार्कीले प्रतिष्ठानको वर्तमान अवस्थाको जानकारी दिंदै सक्षम कुटनीतिका सम्वन्धमा परराष्ट्र नीतिका बारेमा लागेको बताए।

प्रतिष्ठानका वरिष्ठ श्रोतब्यक्ति माधवजी श्रेष्ठले प्रतिष्ठानको स्थापनाको उद्देश्य बमोजिम न्यून मात्र कार्य भएको र लक्ष्यमा पुग्नका लागि विगत र वर्तमानका चुनौतिको समिक्षा गर्दै अगाडि बढ्ने स्पष्ट पारे । कार्यक्रममा सहभागीहरुको तर्फबाट भुवन पौडेलले बोलेका थिए।
प्रकाशन मिति–२०७३ साल भदौ १३ गते सोमवार ।