Rambaran Yadav with his Anitaकाठमाडौ। नेपाल सरकारले नेपालका पूर्वराष्ट्रपति डा.रामवरण यादवलाई उपचार खर्चका हाललाई ६० लाख खर्च दिने निर्णय गरेको छ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.यादवलाई प्रोस्टेट क्यान्सर भएको छ। यसको उपचारको लागि सेप्टेम्वर महिनाको तेश्रो हप्ता अमेरिकाको हेनरीफोर्ड सेन्टरमा उपचार्थ जाने भएको छ।

करिब ३ करोड उपचार खर्च लाग्ने अनुमान गरिएको छ। डा.यादवको संपूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने बताइएको छ।
प्रकाशन मिति–२०७३ साल भदौ १३ गते सोमवार ।