sudhamshu-joshi-married-usha-paudel-4

काठमाडौ। नेपाली चलचित्र जाली रुमाल लगायतका दर्जनौ चलचित्रका अभिनेता सुधाँशु जोशी र चलचित्र मुना–मदनकी मुना अभिनेत्री उषा पौडेल वीच अमेरिकामा विधिवत रुपमा विवाह संपन्न भएको छ।

sudhamshu-joshi-married-usha-paudel-3

विहीवार अमेरिकाको समय तथा साइतमा भर्जिनियामा विवाह संपन्न भएको हो। सुधाँशु र उषाको विवाहमा अमेरिकामा रहेका कलाकारहरुको बाँक्लो उपस्थिति रहेको अमेरिका स्थित समाचारदाताले बताएको छ। जसमा डीभी लटरी परेर गत बर्ष अमेरिका पुगेका चलचित्र निर्देशक महेन्द्र बुढाथोकीले विवाहको स्वयम्भरमा दुलहा–दुलही दुवैको गोडा धुने हिन्दू रसम पूरा गरेका थिए।

sudhamshu-joshi-married-usha-paudel-7

साथमा अमेरिकामा नै रहेकी अभिनेत्री ऋचा घिमिरेको परिवारले पनि विवाहमा अत्यन्त सहयोग गरेको बताइएको छ। दुई बर्षअघि मात्र अमेरिका पुगेकी अभिनेत्री उषा पौडेल र लामो समय देखि अमेरिकामा नै लाइफ सेटल गरिसकेका अभिनेता सुधाँशु जोशी वीच केही समययता प्रेम भएको थियो। दुवै वीचको प्रेमलाई विवाहमा परिणत गरेका छन्। जसवाट दुवै अत्यन्त खुशी देखिएका छन्।

sudhamshu-joshi-married-usha-paudel-8तस्वीर सौजन्य–राजीव श्रेष्ठ/अमेरिका
प्रकाशन मिति–२०७३ साल मंसीर ९ गते शुक्रबार ।