काठमाडौ। नेपालमा विभिन्न इभेन्ट म्यानेजमेन्टको कार्यमा अब्बलता हासिल गर्दैआएको रिभेल इभेन्ट इन्कको कार्य विस्तार अमेरिकामा समेत भएको छ। अमेरिकाको बैभबशाली शहर न्यूयोर्कमा यो कंपनी गायक राजेश हमालले विधिवत रुपमा दर्ता गरेर कार्य समेत प्रारम्भ गरेका छन्।

त्यस क्रममा अमेरिकामा नै दुवै किडनी फेल भएर उपचार्थ रहेका नेपालका प्रसिद्ध गायक एवम् पप–सम्राट ओमविक्रम बिष्टको सहयोगार्थ सहयोग सांझ कार्यक्रम संपन्न भएको छ। गायक राजेश हमाल म्यानेजिङ डाइरेक्टर रहेको रिभेल इभेन्ट इन्क तथा त्यहाँ स्थित नेपाल अमेरिकन कलाकार संघ, गायक राम श्रेष्ठ, अभ्य ढुंगेल र स्वतन्त्र कलाकार सिर्जना स्याङडेनको संयुक्त आयोजनामा ओमविक्रम बिष्ट सहयोग सांझ भएको हो।

सहयोग सांझवाट उठेको सवै रकम अमेरिकामा नै नेपालका पप–सम्राट ओमविक्रम बिष्टलाई हस्तान्तरण गर्ने कार्य गरेको जानकारी पनि गायक राजेश हमालले नेपालमा भिजन संसारलाई दिएका छन्।

केही दिनअघि मात्र अमेरिकामा ओमविक्रम बिष्ट सहयोग सांझ कार्यक्रम गरेर नेपाल फर्केका गायक हमालले अव केही दिनमा रिभेल इभेन्ट इन्ककै आयोजनामा एचआइभी पीडित बालबालिकाहरुको सहयोगार्थ एक भव्य कार्यक्रम गर्न लागेको बताएका छन्। त्यसको लागि आफूले व्यापक तयारी गर्दैगरेको जानकारी पनि उनले दिएका छन्।

प्रकाशन मिति–२०७४ साल माघ ७ गते आइतवार ।