न्यूयोर्क । नेपाल आमाको आँशु पुछ्न नेपाली ज्याँकी च्याङ अमृत लामाको केन्द्रिय अध्यक्षतामा अमेरिकामा स्थापना भएको हामी नेपाली ग्लोबलले अमेरिकामा तीनजनालाई कोभिड हिरो अवार्ड प्रदान गरेको छ।

अमेरिकामा रहेर अमेरिकामा कोरोनाको महामारीमा फ्रन्टलाइनवाट सहयोग गर्नेहरु चोङ डक बाइन, दीलिप चौहान र विन्नी ग्रेकोलाई कोभिड हिरो अवार्ड प्रदान गरिएको हो। न्यूयोर्कको ज्यांक्सन हाइटमा आयोजित नेपालीहरुको दोश्रो महान पर्व तिहारको अवसरमा एक आपसमा शुभकामना आदान–प्रदान गर्ने कार्य भएको छ।

विश्वभर रहेका नेपालीहरुलाई जोड्ने अभियानमा निरन्तर लागिरहेको हामी नेपाली ग्लोबलले तिहारको अवसरमा विश्वभर रहेका नेपालीहरुको निरोगीताको कामना सहित शुभकामना व्यक्त गर्ने कार्य भएको छ। अमेरिकाको न्यूर्योकमा स्थापना भएको हामी नेपाली ग्लोबलको च्याप्टर तथा शाखा विश्वका चालिस देशभन्दा बढीमा स्थापना भैसकेको छ। कार्यक्रममा रोटरी क्लब अफ न्यूरोड क्विन्सको पनि आयोजना र सहभागिता रहेको थियो।


प्रकाशन मिति–२०७७ कात्तिक ३० गते आइतवार ।