Team of Nepali Film American Babu Made in Nepal. Direction by Ishwar R Thapa.
Team of Nepali Film American Babu Made in Nepal. Direction by Ishwar R Thapa.

काठमाडौ। नेपाल वाहिर प्रवासवाट वितेको सन् २०१६ सालमा तीन नेपाली कथानक चलचित्र निर्माण भएको छ। अमेरिकावाट नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपाल निर्माण भएको छ। जसको निर्माण सम्झना उप्रेती र मञ्जु रानामगरको रहेको छ। निर्देशन ईश्वर आर थापाले गरेका छन्।

Nepali Film American Babu Made in Nepal
Nepali Film American Babu Made in Nepal

अमेरिकाको न्यूयोर्कमा संपूर्ण छायाँकन गरिएको यस चलचित्रमा नन्दिता केसी, इशान ढकाल, प्रवेश उप्रेती पाउल, प्रियंका ऐर, राजेश गुरुङ्ग, अञ्जली लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ।

Nepali Film American Babu Made in Nepal
Nepali Film American Babu Made in Nepal

त्यसैगरेर, कुशल थापाको निर्माण तथा देवकुमार श्रेष्ठको निर्देशन रहेको चलचित्र ह्याप्पी न्यू इअरको निर्माण अष्ट्रेलियाको सिडनीमा भएको छ। बेलायतमा भने, निर्माता तथा निर्देशक मिलन च्याम्सले ह्याप्पी डेज नामक चलचित्र बनाएका छन्।

happy-new-year

यस चलचित्रमा प्रियंका कार्की, दयाहाङ्ग राई लगायतका कलाकारहरुको अभिनय रहेको छ। सन् २०१६ मा नेपाल वाहिर प्रवास अमेरिका, अष्ट्रेलिया र बेलायतमा निर्माण भएका यी तीन चलचित्र सन् २०१७ मा एक पछि अर्को रिलिज हुने भएको छ। विदेशमा निर्माण भएका यी तीन चलचित्रको फरक स्वाद नेपाली चलचित्रका दर्शकले पाउने देखिएको छ।

Nepali Film Happy Days in Priyanka Karki and Dayahang Rai.
Nepali Film Happy Days in Priyanka Karki and Dayahang Rai.

नेपाली चलचित्र भनेपछि नेपालभित्रको मात्र कथा हुने र नेपालकै मात्र दृश्य रहने भनिरहेको बर्तमान अवस्थामा नेपाल बाहिर प्रवासको कथा र प्रवासको संपूर्ण दृश्यलाई जस्ताको तस्तै हेर्न पाउने अवसरको रुपमा पनि यी चलचित्रवाट पाइने भएको छ। यी तीनैवटा चलचित्र नेपाल र नेपालवाहिर एकसाथ रिलिज हुने भएको छ।

प्रकाशन मिति–२०७३ साल पुस १९ गते मंगलवार ।