वासिंटन, अमेरिका। अमेरिकी सीनेटले राष्ट्रपति डोनल्ड ट्रम्पको फोन ट्यापिङ गराइएको भन्ने आरोप अस्वीकार गरेको छ। राष्ट्रपति ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामा प्रशासनद्वारा चुनाव प्रचारका क्रममा आफ्नो फोन निगरानीमा राख्ने गरेको आरोप लगाएका थिए । उक्त आरोप सीनेटको जासूसी मामला हेर्ने कमिटीले उक्त आरोप अस्वीकार गरेको हो।

Donald Trump 4ट्रम्प टावरमा चुनाव पूर्व र पछि पनि कुनैखाले निगरानी गरिएको फेला नपरेको सीनेटको जासूसी मामला हेर्ने कमिटीका अध्यक्ष रिपब्लिकन सीनेटेर रिचर्ड बरले प्रष्ट गरे। यसअघि प्रतिनिधिसभाका सभामुख पल रायनले पनि फोन ट्याप गरिएको कुरा सत्य नभएको बताइसकेका थिए।

पूर्व राष्ट्रपति ओबामा र उनको प्रशासनले पनि फोन ट्यापिङको आरोप अस्वीकार गरिसकका छन्। (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७३ साल चैत्र ४ गते शुक्रबार ।