काठमाडौ। स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले पूर्व पञ्चहरुको प्रभावशाली पार्टी राप्रपाको विधानवाट हिन्दूराष्ट्र र राजसंस्था भन्ने शव्द हटाएपछि राप्रपा आगो बनेको छ।

Election-Commision-of-Nepal

राप्रपाले यसअघिको संविधानसभाको निर्वाचनमा यही कुरालाई मूल मुद्दा लिएर निर्वाचनमा भाग लिएको थियो। त्यो बेला निर्वाचन आयोग मौन बसेको भएतापनि यतिखेर यस कुरालाई विधानवाटै हटाएर पार्टी दर्ता गरेकोमा राप्रपा तथा राप्रपाका कार्यकर्ताहरु समेत आश्चर्यमा परेका छन्।

यससंवन्धमा विभिन्न तर्क–वितर्क भैरहेको अवस्थामा निर्वाचन आयोगले संवैधानिक र कानुनी आधारमा राप्रपाको विधानबाट ‘हिन्दूराष्ट्र’ र ‘राजसंस्था’ भन्ने शब्द हटाएको तर्क दोहोर्‍याएको छ। स्थानीय निर्वाचनबारे आइतबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले संवैधानिक व्यवस्थाअनुसार नै काम गरेको जिकिर गरे ।

Election-Commision-of-Nepal.1

सबै राजनीतिक दलहरुबीच सहमति र सद्भाव कायम गरी निर्वाचनमा लाग्नुपर्नेमा जोड दिँदै उनले त्यसो हुन नसकेकोप्रति आयोग गम्भीर बनेको बताए । देशभरका ७ सय ४४ स्थानीय तहका लागि ३६ हजार ३ सय ३९ पदमा निर्वाचन हुने, तीमध्ये ४० प्रतिशतभन्दा बढी महिला र ६ हजार बढी दलित महिलामात्रै निर्वाचित हुने जानकारी पनि आयोगले दिएको छ।

स्थानीय चुनावका लागि काठमाडौंमा सबैभन्दा बढी ४७ ओटा र मनाङमा सबैभन्दा कम ६ ओटा दल दर्ता भएको पनि आयोगले जनाएको छ ।
प्रकाशन मिति–२०७३ साल चैत्र ६ गते आइतवार ।