Bipalab Nepal Comunist Party

काठमाडौ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अव ७० बर्ष उमेर पुगेका आफ्ना पार्टीका नेताहरुलाई सक्रिय राजनीतिवाट रिटायर्ड गरेर पेन्सन दिने निर्णय गरेको छ।

यस निर्णय बमोजिम उक्त पार्टीका तीनजना नेताहरु ईश्वरी दाहाल, चित्रवहादुर आले र राम लखन रिटायर्ड बनेका छन्। उनीहरुलाई जनही मासिक नगद ५ हजार रुपैया पार्टीले पेन्सन दिने पार्टीले निर्णय गरेको छ।

नुवाकोटको थानसिङमा पाँच दिनसम्म सञ्चालन भइ सकिएको पार्टीको केन्द्रीय समिति बैठकले चैतदेखि लागु हुने गरी जीवन निर्वाह पेन्सन दिने निर्णय गरेको पार्टीले भनेको छ।

अहिलेसम्म नेपालका कुनै पार्टीले यसप्रकारको निर्णय गरेको पाइएको छैन्। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको यो निर्णय अत्यन्त राम्रो भएको र यसप्रकारको निर्णय अन्य पार्टीले पनि गर्नुपर्ने सवैको धारणा रहेको छ।
प्रकाशन मिति–२०७३ साल चैत्र ६ गते आइतवार ।