Raprapa yuddha 1

काठमाडौ। पूर्व पञ्चहरुको प्रभावशाली पाटी राप्रपाको विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णय विरुद्ध सोमवार व्यापक विरोध भएको छ। राप्रपाले निकालिएको विरोध जुलुस प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ ।

Mr. Pashupati Samsher Jung Bahadur Rana
Mr. Pashupati Samsher Jung Bahadur Rana

झडपमा परी पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणासहित लोकदोहरी गायिका कोमल ओली लगायतका कार्यकर्ता घाइते बनेका छन् । उनीहरुको काठमाडौ मोडल अस्पतालमा उपचार पश्चात घर फर्किसकेको जनाइएको छ। ती घाइतेहरुलाई अस्पतालमा गएर राप्रपा अध्यक्ष नेता एवम् नेपालका उपप्रधानमन्त्री कमल थापा पुगेर उनीहरुको अवस्थाको बारेमा जानकारी लिएका थिए।

M/S Komal Oli
M/S Komal Oli

निर्वाचन आयोगको काठमाडौ कान्तिपथ कार्यालय घेराउ गर्न पुगेका राप्रपाका नेता तथा कार्यकर्ताहरुले जमलमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी र अश्रु ग्यास प्रहार गरेका थिए ।

प्रकाशन मिति–२०७३ साल चैत्र ७ गते सोमावार ।