काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा झैँझगडा नगरिकन खुला बहस गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार राजदूत बेरीले ट्विटमार्फत जो कोहीले एमसीसीको विषयमा आफ्नो अभिव्यक्ति, विचार राख्न सक्ने तर, हिंसा भड्काउने विचारहरु स्वीकार्य नहुने बताएका हुन्।

बेरीले भनेका छन्, ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यहीँ हो। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्।’
प्रकाशन मिति–२०७८ साल फागुन ६ गते शुक्रवार ।