काठमाडौं। नेपाली साहित्य क्षेत्रकी चर्चित स्रष्टा सुबिसुधा आचार्यले नेपाली हाँस्य श्रृंखला ‘अम्रिकामा बुढी आमै’ लिएर आएकी छन्। पाक्षिक रूपमा श्रृष्टि किड्र्स टिभिबाट प्रशारण हुने यस श्रृंखलामा लेखन, निर्देशन सुबिसुधा आचार्य स्वयंको रहेको छ।

लामो समय देखि सुबिसुधा संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको फेडरिक्सवर्ग शहरमा बस्दै आएकी छन् । अमेरिका र अमेरिकामा रहेका नेपालीहरूको वास्तविकता सबै सामू ल्याउन नेपाली हाँस्य श्रृंखला ‘अम्रिकामा बुढी आमै’ निर्माण गरेको सुबिसुधाले बताएकी छन्।

सुबिसुधा, भीम दाहाल, एकान्त मगर, सृष्टि आचार्य, अर्पना पोख्रेल, सनि सुनवार, मायाँ तामाड, एलेन, मोतिराम लगायतको अभिनय रहेको हाँस्य श्रृंखला ‘अम्रिकामा बुढी आमै’ का प्रोडक्सन म्यानेजर केशव आचार्य हुन् ।
प्रकाशन मिति–२०७५ साल फागुन ५ गते आइतवार ।