Arun Nadi 1काठमाडौ। पूर्वी नेपालको संखुवासभाको अरुण नदी थुनिएर लामो भएर बनेको तालको पानी विस्तारै बग्न थालेको छ। थुनिएर बनेको तालको पानी २५ प्रतिशतका दरले बगिरहेको बताइएको छ। विस्तारै पानी बग्ने क्रम जारी भएकोले खतरा कम हुंदै गएको छ। यद्यपि, जनमानसमा भने, भय यथावत रहेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार थुनिएको अरुण नदीको ताललाई विस्तारै बगाएर सामान्य बनाउने प्रयास भैरहेको छ। गएराति परेको पानीका कारण ढुंगा माटोसहित बरुण नदीमा आएको बाढीका कारण पहिरो खस्दा दोभानमा पानीको बहाव रोकिएको थियो । जसलेगर्दा अरुण नदी थुनिन पुगेको हो।

नदी थुनिएका कारण करिब १० घरपरिवार बिस्थापित भएका छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय संखुवासभाले चिउरा, चाउचाउ, टेन्ट लगायतका राहत वितरण गरेको छ । आजै गृहमन्त्रालयका सहसचिव कृष्णबहादुर राउत नेतृत्वको टोलीले प्रभावित क्षेत्रको अनुगमन गरेको छ । तर हिमताल फुटेर बाढी आएको भन्ने अनुमान पुष्टी हुन नसकेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीको भनाई रहेको छ।
प्रकाशन मिति–२०७४ साल बैशाख ८ गते शुक्रबार ।