pushpa-kamal-dahalकाठमाडौ। नेपाल सरकारका बहालवाला प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। वि.सं.२०७३ साल साउन २० गते गठित मन्त्रीपरिषदमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्ने कार्य प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले बुधवार सार्वजनिक गरेको हो।

सार्वजनिक विवरण अनुसार नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको पैतृक सम्पति तीन तोला सुन र चितवनमा एक कठ्ठा जमिन रहेको छ। अर्बपति भनिएका नेपालका प्रधानमन्त्री दाहाल त सम्पत्ति विवरणमा अन्य मन्त्रीहरुको तुलनामा अत्यन्त गरिब देखिएका छन्। जसको नाममा नगद कतै उल्लेख भएको देखिएन।

pushpa-kamal-dahal

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको विभिन्न बैंकमा सेयर, भक्तपुर र धनुषा जिल्लामा जग्गा एवं सुन रहेको मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। गृहमन्त्री निधिको ६० तोला सुन, १५० तोला चाँदी र रु १० लाख ९६ हजारभन्दा बढी नगद छ। अर्का उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको रोल्पामा आठ रोपनी जग्गा र एभरेस्ट बैंकमा रु ८० हजार रहेको उल्लेख गरिएको छ।

सहरी-विकासमन्त्री अर्जुन नरसिंह केसी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, ऊर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसहित २७ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। १४ जना राज्यमन्त्रीको पनि सम्पत्ति विवरण सार्वजनिक गरिएको मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर २९ गते बुधवार ।