काठमाडौं। आगामी मंसीर ४ गते हुन गैरहेको आम निर्वाचनमा नवलपरासी क्षेत्र नंबर १ वाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसवाट उम्मेदवार बनेका नेपालका अर्बपति व्यापारी विनोद चौधरीले आफूले सुनको थालमा चाँदीको चम्चाले खाएर नहुर्किएको बताएका छन्।

नवलपरासीका मतदाताहरुको घरदैलो गर्ने क्रममा स्थानीयवासीसंग बसेर सामान्य दालभात खाएर रमाउदै मत माग्दैहिडे्का अर्बपति व्यापरी चौधरीले आफू सामान्य परिवारबाट आएको मान्छे भएको भनेका छन्। सरकारी स्कुलमा सार्वजनिक बस चढे्रै आम सर्वसाधारण जस्तै पढ्न गएको पनि खुलासा गरेका छन्। अर्बपति चौधरीले आफ्नो सामाजिक सञ्जालमा यसरी लेख्दै आफ्नो बारेमा खुलासा गरेका छन्–
“सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रम कसैलाई नपरोस्। म सामान्य परिवारबाट आएको व्यक्ति हुँ। मेरो शिक्षादीक्षा पनि सामान्यरूपमै भयो । सरकारी स्कुलमै पढेर हुर्किएको हो म। रत्नपार्कबाट सार्वजनिक बस चढेर भक्तपुरको सरकारी स्कुलबाट स्कुले शिक्षा हासिल गरेको हुँ।”

प्रकाशन मिति–२०७९ साल कात्तिक १९ गते शनिवार ।