काठमाडौं। कुवेतमा झन्डै ८५ हजार नेपाली कार्यरत रहेको मुुलुक कुवेत जाने नेपाली कामदार अव कुवेतमा १४ दिन तोकिएको क्वारेन्टाइनमा अनिवार्य रुपमा बस्नुपर्ने भएको छ । कुवेत सरकारको कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न भन्दै स्रोत देशबाट आउने सबै विदेशी नागरकिकको लागि अनिवार्य १४ दिनको क्वारेन्टाइनमा बस्‍नुपर्ने निर्णय गरेको हो । यो नियमलाई बुधबारदेखि नै लागू गरिएको छ ।

कुवेतले २७ फेब्रुअरीयता कुवेत प्रवेश गरेका नेपालीसहित आप्रवासी कामदारलाई स्वास्थ्य परीक्षणको लागि अनिवार्य रुपमा कुवेत फेयर ग्राउन्डसमा उपस्थिति हुनको लागि समयसिमा समेत तोकेको छ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतले क्वारेन्टाइनको लागि निश्चित स्थानहरु तोकेको छ। विमानस्थल पुगेका कामदारलाई तोकिएको क्वारेन्टाइनमा सिधै लैजानेछ। १४ दिन पछि मात्रै कामको लागि कम्पनीको जिम्मेवारीमा छाडिनेछ।

कुवेतले सबै खालको नयाँ भिसा जारी गर्न पनि रोक्ने निर्णय गरेको छ। अब हालसम्म जारी भएका भिसा प्राप्त नेपाली मात्रै कुवेत जान पाउनेछन्। हालसम्म जारी भएका भिसाको श्रमस्वीकृतिको प्रक्रियामा नै छ। कुवेतमा बुधबारसम्म ७२ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये २ जना निको भएर फर्केका छन्। ५ जनालाई आइसीयुमा राखिएको छ। १ जनाको अवस्था गम्भीर छ। कुवेतले कोरोना संक्रमण बढेपछि सबै शैक्षिक संस्थाहरु थप दुई हप्ताको लागि बन्द गरेको छ।
प्रकाशन मिति–२०७६ साल फागुन २८ गते बुधवार ।