काठमाडौं । नेपालमा नेपाल सरकारले बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गर्दै मिर्गौला पिडित,क्यान्सरका तथा मेरुदण्ड पक्षघात भएका ब्यक्तिहरुलाइ ५ हजार रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ।

नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बिधेयक प्रस्तुत गर्दा उक्त भत्ता दिने निर्णय गरेको हो। जसको राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष भोजराज श्रेष्ठले विज्ञप्ति मार्फत स्वागत गरेका छन्।

अध्यक्ष श्रेष्ठव्दारा जारी विज्ञप्तिमा भनिएको छ– “देउवा नेतृत्वकै सरकारले पहिला नै यो निर्णय गरेको तर केपी शर्मा ओली नेतृत्वको सरकारले कटौती गरेका थिए।भत्ता कटौती गरेको बिरोधमा अपाङ्गता भएका ब्यक्तिहरुले आन्दोलन गर्नु परेको थियो। दुर्इतिहाइको सरकारको मिचाहा प्रवृतिले बार्ताको नाटक मञ्चन गरेर आन्दोलन तुहाइदिएको तितो अनुभव अपाङ्गता भएका ब्यक्तिहरुले ब्यहोर्नु परेको थियो।

अपाङ्गता भएका ब्यक्तिहरुप्रति ओली नेतृत्वको सरकार र अर्थ मन्त्री अनुदार भएकै कारण अपाङ्गता भएका ब्यक्तिहरुको भत्ता कटौती भएको कुरा जगजाहेर छ। शेरबहादुर देउवा प्रधानमन्त्री हुनासाथ राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको नेतृत्वमा गठबन्धनका भातृ संस्था र अपाङ्गतासंग सम्बन्धित संघसस्थाको उपस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवालार्इ बधाइ दिंदै संघका अध्यक्ष भोजराज श्रेष्ठ्ले ओलीले निजामती सेवामा भएको आरक्षण घटायो,स्पाइनलकर्ड इन्जुरि,मृगौला पिडित,क्यान्सरका लागि दिने भत्ता कटौती,अपाङ्गता भएका ब्यक्तिहरुको लागि बनेको नियमावली अधकल्चो बनाएको,ऐनबाट अधिकार खोस्ने कार्य गरेको हुंदा त्यसलाई पुन पहल गर्न आग्रह गर्नु भएको थियो।

आज प्रतिस्थापन बिधेयकव्दारा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरोको बजेट मन्तब्यमा विभिन्न राजनीतिक तथा परिवर्तनका आन्दोलनमा वलिदान गर्ने परिवार (शहीद) लाई जीवनवृत्तिस्वरूप मासिक ३ हजार प्रदान गरिने भएको छ। ओली सरकारले गरेका अन्यायपूर्ण कार्यको न्यायपूर्ण निर्णय गरेकोमा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ हार्दिक स्वागत गर्दै सरकारलाइ धन्यवाद ज्ञापन गर्दछ।”

प्रकाशन मिति–२०७८ साल भाद्र २५ गते शुक्रवार ।