सम्पादकीय–
समयलाई कोल्टे पारेर हेर्दा, हाम्रो समाज त्यही हो ! जहाँ महिलालाई वस्तुको रुपमा लिइन्थ्यो। तर, आज समय बदलिएको छ। बस्तु सरह व्यवहारले पिल्सिएकी त्यही महिलाले आज चमत्कारपूर्ण फड्को मारेका छन् ।जसको प्रमाण हो नीति निर्माणको तहदेखि घर व्यवहारसम्मको क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिका हो। यो भूमिकालाई महिलाले अझ सशक्त बनाउँदै लगेका पनि छन्।

यद्यपि अझै पनि सबै वर्गका महिला सशक्त हुन भने बाँकी नै छन्। घरको चौघेरा भित्र जीवनलाई सिमित पर्नु पर्ने बाध्यतालाई आजभोलि महिलाले चुनौति दिदै समाजमा आफ्नो क्षमता मार्फत पहिचान बनाउन सफल भएका छन्। हाम्रो समाज त्यही हो, जहाँ महिलाले श्रीमानको मृत्यु पश्चात श्रीमानकै चितामा जिउँदै प्राण त्याग गर्नुपर्ने। रजस्वला नहुँदै अभिभावकको आदेशमा विवाहको अर्थ जान्न नपाउँदै पराइ घर जानुपर्ने।

महिलालाई बस्तुको रुपमा चित्रित गर्ने यी प्रतिनिधि कुसंस्कार बाहेकका संस्कारहरुमध्ये कतिपय संस्कार त अझै पनि हाम्रो समाजमा जिउँदै छन्। जसले महिलाको व्यक्तित्व विकासमा वाधा पु¥याइरहेका छन्। यस्ता बाधा व्यवधानलाई चिर्दै महिला चौघेरामा सिमित बस्तु र सन्तान मात्र जन्माउने मेसिन होइनन्, समाज हाक्ने शक्ति पनि हुन् भन्ने प्रमाण आजभोलि प्रशस्त मात्रामा देख्न र सुन्न सकिन्छ।

महिला, समाजका शक्ति हुन्, महत्वपूर्ण अंग पनि। हाम्रो समाजमा अझै पनि महिलालाई अगाडि आउन दिइदैन। त्यसैले उनीहरु सक्षम हुँदाहुदै पनि पछाडि पर्न बाध्य छन् । चेतना र शिक्षा, महिलाको विकासका लागि प्रमुख बाधा हुन्।
त्यसैले अहिले राज्य, सरकार, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरुले महिला सशक्तिकरणका कामहरु गरिरहेका छन्। यस्ता कार्यक्रमले सकारात्मक नतिजाहरु पनि ल्याएका छन् । महिलाले समाजमा अवसर पाए मुलुक परिवर्तन गर्न सक्दछन्। यस्तो अवसरका लागि आजभोलि महिला स्वयम जागरुक हुँदै पनि गएका छन् ।


(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल भाद्र २५ गते शुक्रवार ।