काठमार्डौं। आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशसनको पूर्वसन्ध्यामा राष्ट्रिय लोकतान्त्रीक अपाङ्ग संघ केन्द्रिय समितिले ज्ञापन पत्र बुझाएको छ। नेपाली कांगेसको सानेपा स्थित केन्द्रिय समितिले माग सहितको ज्ञापन पत्र बुझाएको हो।

राष्ट्रिय लोकतान्त्रीक अपाङ्ग संघ केन्द्रिय अध्यक्ष भोजराज श्रेष्ठको नेतृत्वमा गएको टोलीले नेपाली कांग्रेसका केन्द्रिय कोषाध्यक्ष एबं प्रतिनिधि सभाका सांसद सीतादेबी यादब मार्फत सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिको सवालमा चार बुंदे ज्ञापन पत्र बुझाएको जानकारी अध्यक्ष श्रेष्ठले दिएका छन्। माग सुनुवाइ नभएमा नेपाली कांग्रेसको मुख्यालय सानेपामा भाद्र २५ गतेवाट धर्ना बस्ने कार्यक्रम पनि भएको अध्यक्ष श्रेष्ठले वताएका छन्।

मागमा विशेषत् अपाङ्गता भएका ब्यक्तिहरुको संबेदनशिलतालाइ ध्यानमा राखी नेपाली कांग्रेसको बिधान,नियमावली,निर्बाचन निर्देशिका र परिपत्रमा वडा देखि केन्द्रसम्म अर्थपूर्ण सहभागी गराउन प्रतिनिधित्व सुनिश्चित गराउन जोडदार माग गरिएको छ।


प्रकाशन मिति–२०७८ साल भाद्र २४ गते विहीवार ।