काठमाडौं। लामो समयदेखि निष्ठाको राजनीति गर्दैआएका निश्कलंक बागमती प्रदेशका लोकप्रिय सांसद डा.अजयक्रान्ति शाक्य बागमती प्रदेशको नवगठित मन्त्रीपरिषदमा आन्तरिक मामिला तथा कानून मन्त्री बनेका छन्।

बागमती प्रदेश सरकार बनेदेखि मन्त्री बन्ने लिष्टमा परेतापनि मन्त्री नबनेका डा.अजयक्रान्ति शाक्य जनताको चाहना बमोजिम जनलहरको कदर गर्दै मन्त्री बनेका हुन्। मन्त्री डा.शाक्यले बागमती प्रदेशको राजधानी हेटौंडामा पदको शपथ ग्रहण गरेका छन्।

काठमाडौंको क्षेत्र नंबर ९ (क) वाट लोकप्रिय मतवाट निर्वाचित मन्त्री डा.शाक्य बौद्धिक व्यक्तित्वका रुपमा कहलिएका छन्। मन्त्री डा.शाक्यका विभिन्न बौद्ध दर्शन तथा शायरी लगायतका कृति प्रकाशित छन्।

त्यस्तै, नीति–निर्माणको क्षेत्रमा तथा आन्तरिक मामिला र विदेश मामिलामा पनि त्यतिकै दखल अनि कानूनका अध्येता मन्त्री डा.शाक्य सहित अव बागमती प्रदेश सरकारमा मन्त्री र राज्यमन्त्री गरेर १२ जनाको मन्त्रीपरिषद बनेको छ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूको जिम्मेवारी यस प्रकार तोकिएको छ- :१.अष्टलक्ष्मी शाक्य,मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२.केशवराज पाण्डे, मन्त्री, भौतीक पूर्वाधार विकास मन्त्रालय
३.रचना खड्का, मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
४. विजय सुबेदी, मन्त्री, सामाजिक विकास मन्त्रालय
५.शान्तिप्रसाद पौडेल, मन्त्री, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय
६.प्रदिप कुमार कटुवाल क्षेत्री, मन्त्री, स्वास्थ्य मन्त्रालय
७.डा.अजयक्रान्ति शाक्य, मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय
८.चन्द्र लामा,मन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
९. जिवन खड्का, राज्यमन्त्री, भौतीक पूर्वाधार विकास मन्त्रालय
१०.सरस्वती बाटी, राज्यमन्त्री, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय
११ .जुनेली श्रेष्ठ, राज्यमन्त्री, सामाजिक विकास मन्त्रालय
१२.बद्री मैनाली, राज्यमन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
प्रकाशन मिति–२०७८ साल भाद्र २३ गते बुधवार ।