Australiya Aadhiकाठमाडौ। अष्ट्रेलियाको उत्तर पूर्वी तटिय क्षेत्रमा शक्तिशाली समुद्री आंधी आएको छ। यस आंधीपछि खतरनाक बाढी आउने त्यहाँ चेतावनी दिइएको छ ।डेब्बी नाम दिइएको आंधीले ठूलो क्षति पुर्याएको छ ।

आधीसंगैको भीषण वर्षाले जनजीवन थप कष्टकर बनेको छ । हजारौं मानिस घरबारविहिन भएका छन् । विद्युत आपूर्ति बन्द हुंँदा ६३ हजार मानिस प्रभावित भएका छन् । क्वीन्स्ल्याण्डमा सन् २०११ यता कै खराब आंँधीपछि २५ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।

सर्वसाधरणलाई घरमै सुरक्षित रहन सुचित गरिएको छ भने सयौ विद्यालय बन्द गरिएको छ। हवाई उडान पूरै प्रभावित भएको छ । (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७३ साल चैत्र १६ गते बुधवार ।