काठमाडौं। असार १५ गते मनाईने धान दिवस तथा रोपाइँ महोत्सवमा यस वर्ष पनि हिलो खेल्न तथा मनोरञ्जनको गतिविधि गर्न रोक लगाइएको छ। कृषि विभागले आइतबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो।

रोपाइँ महोत्सव सम्बन्धी कोभिड १९ महामारी मापदण्ड २०७८ सार्वजनिक गर्दै विभागले सुरक्षित ढङ्गबाट रोपाइँ महोत्सव तथा धान दिवस मनाउन आग्रह गरेको छ। ‘सांस्कृतिक, परम्परागत तथा मनोरन्जनात्मक कार्यक्रम तथा हिलो खेल्ने काम नगर्न तथा कोभिड सुरक्षाको न्युनतम् स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिन्छ,’ विभागले भनेको छ।

महामारीको रुपमा फैलिएको कोभिड(१९ संक्रमणबाट सुरक्षित रहन, महोत्सव मनाउने ठाउँमा पनि थोरै संख्यामा मात्रै भेला हुन र सुरक्षाका सबै मापदण्ड पालना गर्न विभागले आग्रह गरेको छ।

प्रकाशन मिति–२०७८ साल असार १३ गते आइतवार ।