काठमाडौँ। काठमाडौंको शान तथा गौरबताको प्रतिक रहेको काष्ठमण्डप पूर्नरनिर्माणको ९० प्रतिशत कार्य संपन्न भैसकेको छ। अव चाँडै नै काष्ठमण्डपले पूर्ववत रुप पाउने निश्चित भएको छ।

काठमाडौं महानगरपालिकाको अनुदान सहयोगमा उपभोक्ता समिति मार्फत काष्ठमण्डप पूर्नरनिर्माण भैरहेको जानकारी काष्ठमण्डप पूर्नरनिर्माण समितिका संयोजक तथा बागमती प्रदेशका लोकप्रिय सांसद राजेश शाक्यले दिएका छन्।

सांसद शाक्यका अनुसार, काठमाडौ महानगरपालिकाकाले काष्ठमण्डप पूर्नरनिर्माणका लागि थप रु एक करोड रुपैयाँ अनुदान दिएको छ। विसं. २०७२ सालको महाभूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पूर्नरनिर्माणको काम समितिले विसं. २०७५ को वैशाखबाट सुरु गरेको थियो।

सुरुमै काठमाडौँ महानगरपालिकाले ५० लाख दिएको थियो। पुनः पाँच–पाँच करोड दिएको महानगरपालिकाले अहिले दिएको अनुदानसहित कुल रु ११ करोड ५० लाख पुगेको छ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको गौरब तथा शानका रुपमा रहेको काष्ठमण्डप पूर्नरनिर्माणमा विशुद्ध काठमाडौं महानगरपालिकाको मात्र अनुदान सहयोग रहेको र कुनै विदेशी दातृराष्ट्रको नभएको वताएका छन्। चाँडै नै काष्ठमण्डप पुरानै मौलिक रुपमा ठडिने जिकिर मेयर शाक्यको रहेको छ।
प्रकाशन मिति–२०७८ साल असार १५ गते मंगलवार ।