ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो कार्यशैलीलाई सच्याएका छन्। नगरसभा तथा कार्य समितिवाट पास नगरिकन मनोमानी ढंगवाट कार्य गर्दैआएका मेयर महर्जनले आफूले ती कार्यशैलीलाई सच्याएका हुन्। मेयर महर्जन ललितपुर महानगरपालिकाको विधि र विधान अनुरुप चल्न तयार भएको समाचार स्रोतले भनेको छ।

दुई तिहाई नेकपा एमाले र माओवादी केन्द्रका नगरसभा सदस्य रहेको ललितपुर महानगरपालिकाको नगर कार्य समितिमा अल्पमतमा परेका नेपाली कांग्रेसवाट निर्वाचित मेयर महर्जनले आफू सच्चिएर सहमति पत्रमा हस्ताक्षर गरेको पनि समाचार स्रोतले भनेको छ। मेयर चिरिबाबु महर्जन तथा नगरसभाका संयोजकव्दय श्रीगोपाल महर्जन र रविन्द्र महर्जनले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

सहमति पत्रमा ललितपुर महानगरपालिकावाट सम्पादन गरिने नीति तथा कार्यक्रमलाई थप व्यवस्थित गरेर लगिने छ। हालसम्म भएगरेका कमी कमजोरीलाई सच्याएर लानेछ। बोर्ड बैठकवाट मेयर महर्जनले सच्चिने प्रतिबद्धता जनाएपछि आ.ब.२०७८–०७९ सालको नीति तथा कार्यक्रम सहितको बजेटलाई पास गरेर भोलि विहीवार हुने नगर परिषदको बैठकमा छलफलका लागि पठाइएको छ। छलफलवाट पारित भएपछि कार्यन्वयन हुने भएको छ।

प्रकाशन मिति–२०७८ साल असार १६ गते विहीवार ।