prithibi-jayanti

काठमाडौ। आज पुस २७ गते नेपालको एकिकरण गर्ने पृथ्वीनारायण शाहको २९५ औं जयन्ती परेको छ। २२ औं तथा २३ औं राज्यमा विभाजित नेपाललाई एकिकरण गरेर सिंगो नेपाल निर्माण गर्ने पृथ्वीनारायण शाहको महिमा र महत्वको मूल्याँकन गर्ने कार्य आजको दिनमा भएको छ।

आजको दिन दश बर्षअगाडि सार्वजनिक विदा दिदैआएकोमा २०६२–०६३ को जन–आन्दोलन पश्चात त्यस विदालाई कटौती गरिएको छ। यो बर्ष राजावादीहरुले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिनु पर्ने लविङ्ग गरेतापनि सरकारले विदा दिने या नदिने अन्यौलतामा सार्वजनिक विदा घोषणा गर्न सकेन।

यसैवीच पृथ्वीनारायण शाहका सन्तति पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीमा शुभकामना सन्देश जारी गरेर नेपालको एकतामाथि जोड दिएका छन्।
प्रकाशन मिति–२०७३ साल पुस २७ गते बुधवार ।