King Birendra Family 2King Birendra Family 1काठमाडौ। प्रत्येक बर्षको जेठ १९ गतेका दिन नेपालमा राजदरवार हत्याकाण्डको भयावह दिनका रुपमा सदा संझना गर्ने गरिन्छ। वि.सं.२०५८ साल जेठ १९ गते नारायणहिटी राजदरवारमा राति ९ः१५ बजे राजा बीरेन्द्रको बंश नै नाश हुनेगरी राजदरवार हत्याकाण्ड मच्चिएको थियो।

राजदरवार हत्याकाण्ड भएको पनि आजवाट १४ बर्ष पूरा भएर १५ बर्ष लागेको छ। अझैपनि त्यो हत्याकाण्डको रहस्य प्रकाशमा आउन सकेको छैन्। हत्याकाण्डको बारेमा छानविन गरेरै छाड्ने प्रतिवद्धता जनाउने प्रधानमन्त्रीहरुले पनि केही गरेको पाइएको छैन्।

King Birendra Family 3

तत्कालिन युवराज दीपेन्द्रलाई दोषी बनाएर दीपेन्द्र हत्याराको रुपमा प्रतिवेदनमा देखाएपनि हत्यारालाई तत्काल राजा किन घोषणा गरियो भन्ने विषयमा प्रश्न उठ्ने गरेको छ। जसको जवाफ दिने कार्य कसैवाट पनि भएको छैन्। राजदरवार हत्याकाण्ड पछि बनाइएको प्रतिवेदन प्रकाशमा आएपनि नेपाली जनताले त्यस प्रतिवेदनलाई अझै स्वीकार गर्न सकेको अवस्था पाइएको छैन्।

प्रकाशन मिति–२०७३ साल जेठ १९ गते बुधवार ।