IIstanbul attactकाठमाडौ। टर्कीको इस्तानबुल शहरमा एक प्रहरी बसलाई निशाना बनाएर मंगलवार गरिएको बम हमलाले ११ जनाको ज्यान गएको छ। बीबीसीका अनुसार घटनामा ३६ जना हमलावाट घाइते बनेका छन्।

बम हमलामा संलग्न चारजनालाई प्रहरीले गिरफ्तार गरेको छ। यो बर्ष यो सहित इस्तानबुल शहरमा बम हमला गरिएको चौथो पटकको हमला हो। यो हमलालाई हालसम्म कसैले पनि जिम्मेवारी नलिएको बीबीसीको समाचारमा उल्लेख छ।

इसतानबुल शहरको ऐतिहासिक बेयाजीत क्षेत्र नजिक भएको बम हमला भएको हो। जुन स्थान त्यहाँको एक प्रमुख पर्यटकीय आकर्षणको क्षेत्रको रुपमा लिइन्छ। टर्कीका राष्ट्रपति रेजेप ताइप एर्दोआनले त्यसमा कुर्द उग्रवादीहरुको संलग्नता हुन सक्ने आशंका गरेका छन्।
प्रकाशन मिति–२०७३ साल जेठ २५ गते मंगलवार ।