Abudhabi Buildingकाठमाडौ। संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा एक २८ तले विशाल भवनमा मङ्गलबार आगलागी हुँदा त्यहाँ कार्यरत सयौँ कामदार भागेर ज्यान बचाउन सफल भएका छन्।

स्थानीय सञ्चारमाध्यमले आगलागीका कारण कसैको मृत्यु भएको खबर भने प्राप्त नभएको बताएको छ। गगनचुम्बी भवनमा आगलागी भएपछि सयौँ कामदार भागेर ज्यान बचाउन सफल भएका थिए।

दमकल तथा हेलिकोप्टर भवनभित्र बाँकी रहेका कामदारलाई उद्धार गर्ने कार्यमा तत्कालै जुटेका युएइबाट प्रकाशन हुने दैनिक पत्रिका द नेशनलले बताएको छ। स्थानीय समयानुसार करिब १०:३० बजेको समयमा आगलागी सुरु हुँदा भवनको सबै भागमा मजदुरका समूहहरु आफ्नो काममा व्यस्त रहेका त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
एजेन्सी ।
प्रकाशन मिति–२०७३ साल भदौ १५ गते वुधवार ।