Akhatar in Mayorकाठमाडौ। पाकिस्तानको कराँची सहरमा जेलजीवन बिताइरहेका कैदी वसीम अख्तर मेयरमा निर्वाचित भएका छन्।अख्तर स्थानीय मुत्तहिदा कौमी मुभमेन्ट पार्टीका तर्फबाट चुनावमा उठेका थिए।

गत हप्ता सम्पन्न चुनावमा उनले स्पस्ट जित हासिल गरेका थिए। उनीविरुद्धको कानुनी याचिका खारेज गरिएपछि अख्तरलाई जेलबाट कराँची सहरको सिटीपार्क लगेर शपथ गराइएको थियो।

उनलाई गत जुलाईमा आतंकवादीलाई सहयोग गरेको आरोपमा पक्राउ गरिएको थियो। अख्तर भने आफूविरुद्ध लगाइएका सबै आरोप गलत भएको जिकिर गरेका छन्। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल भदौ १५ गते बुधवार ।