काठमाडौं। इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको व्यापक पहलमा नेपालको त्रिभुवन विश्वविद्यालय तथा इजरायल स्थित तेल अभिभ विश्वविद्यालय वीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपाल र इजरायलबीच शैक्षिक,सांस्कृतिक, प्राविधिक,वैज्ञानिक एवं वातावरणीय क्षेत्रको सहकार्यलाई थप बलियो बनाउने प्रयास बमोजिम दुई देशका विश्वविद्यालय वीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

समझदारीपत्रमा त्रिविका रेक्टर प्रा.डा. शिवलाल भुसार र तेल अभिभ विश्वविद्यालयका उपकुलपति प्रा.मिलेट समिरले भर्चुअल माध्यमबाट हस्ताक्षर गरेको जानकारी इजरायलवाट नेपाली राजदूत डा.शाक्यले भिजन संसार डटकमलाई दिएकी छन्। राजदूत डा.शाक्यका अनुसार, यसअघि त्रिविअन्तर्गतको पुल्चोक इन्जिनियरि क्याम्पस र तेल अभिभ विश्वविद्यालयको विपत् व्यवस्थापन विभागबीच पनि यसअघि समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ।

समझदारीपत्रमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका निर्देशक जगतकुमार श्रेष्ठ र तेल अभिभ विश्वविद्यालयको विपत् व्यवस्थापन विभागका प्रमुख डा. बु्ररिया एडिनीले हस्ताक्षर गरेका थिए। यस संवन्धमा इजरायलका लागि लोकप्रिय नेपाली राजदूत डा.अन्जान शाक्यले दुवै देशका विश्वविद्यालयबीच भएको समझदारीले दुवै देशको सम्बन्ध अरु फराकिलो भएको जिकिर गरेकी छन्।

समझदारीपत्रमा हस्ताक्षरसँगै दुई विश्वविद्यायल र त्यसअन्तर्गतका सङ्काय तथा विभागबीच प्राध्यापकहरु,अनुसन्धानकर्ताहरु र विद्यार्थीहरुको आदानप्रदान गर्नका लागि बाटो खुलेको जानकारी पनि राजदूत डा.शाक्यले दिएकी छन्।
प्रकाशन मिति–२०७८ साल भाद्र २ गते बुधवार ।