काठमाडौं। बलिउड स्टार हिरो रणवीर सिंह र चर्चित हिरोइन दीपिका पादुकोणको बुधबार इटालीको लेक कोमोमा विवाह भएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनीहरुको विवाह कोंकणी–सारस्वत परम्पराअनुसार भएको हो।

विवाहका क्रममा दीपिका सेतो र गोल्डेन कलरको साडीमा देखा परेकी थिइन् भने रणवीर सेतो आउटफिटमा देखिएका थिए ।
यसअघि मंगलबार लेक कोमोमा नै संगीत सेरेमनी र मेहेन्दी लगाउने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार दीपिका रणवीरको विवाहमा निकै कम पाहुनालाई बोलाइएको छ। समाचारहरुका अनुसार विवाहमा करिब ३० जना नातेदार र साथीहरुलाई बोलाइएको छ। बलिउडबाट फराह खान, शाहरुख खान, सञ्जयलीला भन्सालीलाई मात्र बोलाइएको चर्चा भारतीय सञ्चारमाध्यमा छ।
प्रकाशन मिति–२०७५ साल कात्तिक २९ गते विहीवार ।